धनकुटामा प्रदेश स्तरीय औद्योगिक मेला | Khabarhub Khabarhub

धनकुटामा प्रदेश स्तरीय औद्योगिक मेला


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटा नगरपालिका–६ अमलेटारस्थित औधोगिक ग्राममा आजदेखि पाँच दिने कोशी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला तथा खाना महोत्सव सुरु भएको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाद्वारा आयोजित उक्त महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्दै वैदेशिक आयात घटाएर कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात बढाउन प्राथमिता दिएको बताए ।

उनले भने, “देश आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । यस्तो बेला गुणस्तरीय वस्तु उत्पादन गरेर निर्यात गर्ने सरकारको योजना छ ।” मुख्यमन्त्रीकार्कीले यहाँका स्थानीय सरकारले जिल्लामा उत्पादित वस्तुको अनिवार्य खपत गर्ने नीति बनाएमा यहाँका उद्योग सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “विसं २०८३ सम्ममा धनकुटामा एक सय श्ययाको अस्पताल निर्माण गर्ने प्रदेश सरकारको नीति रहेको छ ।” फरक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार तीन वर्षसम्म निरन्तर टिकेर जनताका काम गर्ने जानकारी दिए ।

यही जेठ १३ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा १४ जिल्लाका ३० घरेलु उत्पादनको प्रदर्शनी कक्षरहेको आयोजक संस्थाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए। महोत्सवमा करिब २० हजार पर्यटक भित्र्याएर रु तीन करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : ५६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि