अष्ट्रियासँग पोल्याण्ड पराजित « Khabarhub

अष्ट्रियासँग पोल्याण्ड पराजित


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा अष्ट्रियाले पहिलो जित निकालेको छ । गएराति भएको समूह ‘डी’ को खेलमा पोल्याण्डलाई ३–१ गोलले हराउँदै अष्ट्रिया विजयी भएको हो ।

अष्ट्रियाका गेर्नोट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले एक–एक गोल गरेका थिए भने पोल्याण्डका क्रिस्जटोफ पिएटेकले एक गोल फर्काएका थिए ।

खेलको नवौँ मिनेटमा अष्ट्रियाका ट्राउनरले सुरुवाती गोल गरेका थिए । तर ३०औँ मिनेटमा पोल्याण्डका क्रिस्जटोफले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ६६औँ मिनेटमा बाउमगार्टनर र ७८औँ मिनेटमा एर्नाउटोभिकले गोल गर्दै अष्ट्रियालाई ३–१ गोलको अग्रता दिलाए ।

यो जितसँगै दुई खेलबाट अष्ट्रियाले ३ अंक जोडेको छ । पराजित भएको पोल्याण्ड अंकविहीन हुँदै युरोकपबाट बाहिरिने पहिलो टोली बनेको छ ।  यो समूहमा रहेका नेदरल्यान्ड्स र फ्रान्सको ४–४ अंक छ ।

अब अष्ट्रियाले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग र पोल्यान्डले फ्रान्ससँग खेल्नेछ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया