मनसुनमय पाँच पोखरी (फोटो फिचर) | Khabarhub Khabarhub

मनसुनमय पाँच पोखरी (फोटो फिचर)


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- पाँच पोखरी समुन्द्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पाँच  पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो।

सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँच पोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल हो।

पाँच पोखरीमा पाँचवटा पोखरी छन्। पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ। पाँच पोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो।

हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ। जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ। मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : ३८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको