स्लोभाकियामाथि युक्रेनको पुनरागमन जित « Khabarhub

स्लोभाकियामाथि युक्रेनको पुनरागमन जित


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘इ’ को खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै युक्रेनले जित निकालेको हो ।

युक्रेनका लागि मिकोला शापारेन र रोमान यारेमचुकले एक–एक गोल गरेका थिए । यस्तै, स्लोभाकियाका इभान स्चारान्जले एक गोल गरेका थिए ।

खेलको १७औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर युक्रेनका मिकोलाले ५४औँ र रोमानले ८०औँ मिनेटमा गोल गरेसँगै स्लोभाकिया पराजित हुन पुग्यो ।

यो जितसँगै युक्रेन दुई खेलबाट ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ । पराजित भएको स्लोभाकिया ३ अंकसहित तेस्रो स्थानमा छ ।

अब युक्रेनले समूह चरणको अन्तिम खेल जुन २६ मा बेल्जियमसँग र स्लोभाकियाले रोमानियासँग खेल्ने छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ०१ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६