अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती « Khabarhub

अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले वेस्ट इन्डिजलाई १२९ रनको चुनौती दिएको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको हो। एक बल बाँकी हुँदा अमेरिका अलआउट भएको हो।

अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए। नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए। अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए।

वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारे भने अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिए।

विश्वकपको सुपर-८ को समूह-२ मा रहेका आयोजकद्वय अमेरिका र वेस्ट इन्डिज अंकबिहीन छन्। पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले हारेको थियो।

यो समूहको दक्षिण अफ्रिकाले दुई खेलमा चार अंक जोडिसकेको छ भने इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ। आयोजक र सहआयोजकको यो भिडन्तलाई विश्वकपकै रोचक रुपमा लिइएको छ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ०२ बजे

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका