कोपा अमेरिका : पेरु र चिलीले खेले बराबरी « Khabarhub

कोपा अमेरिका : पेरु र चिलीले खेले बराबरी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोपा अमेरिका फुटबलमा पेरु र चिलीले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यो बराबरीसँगै समूह ‘ए’ मा रहेका पेरु र चिली एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा छ । क्यानाडा भने अंकविहीन छ । क्यानाडा पहिलो खेलमै अर्जेन्टिनासँग पराजित भएको थियो ।

प्रतियोगिताको यस संस्करणमा कुल १६ टिमको सहभागिता छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहकबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

आगामी जुलाई १४ सम्म अमेरिकाका विभिन्न सहरहरूमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मियामीमा हुनेछ । अमेरिकाले दोस्रोपटक कोपा अमेरिकाको आयोजना गरेको हो ।

यसअघि सन् २०२१ मा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो ।

 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ५४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी