पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ « Khabarhub

पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ । 

कार्यालयले दैनिक प्रहरी परिचालनलाई व्यवस्थित गराई आफ्ना गतिविधिलाई छिटोछरितो सम्बोधन, अपराध रोकथाम, नियन्त्रणका लागि स्मार्ट कन्ट्रोल रुमलाई  सञ्चालनमा ल्याएको हो । 

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले डिजिटल स्मार्टरुपको शुक्रबार उद्घाटन गर्दै प्रविधिका माध्यमबाट अपराध नियन्त्रण र प्रहरी परिचालनमा सहज हुने बताएका छन् ।

‘प्रहरीलाई अत्याधुनिक प्रविधिसँग जोडेसँगै प्रहरीका गतिविधि पनि छिटोछरितो हुनेगर्छ’, उनले भने, ‘यसले प्रहरीलाई थप जिम्मेवार र तुरुन्तै एक्सनमा जाने वातावरण तयार पार्नेछ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले करिब सात लाखको लागतमा डिजिटल स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको बताए । 

‘पहिला कन्ट्रोल रूप म्यानुअल ढङ्गले सञ्चालन हुँदै आइरहेको थियो, उनले भने, पहिला प्रहरीको १०० नम्बरमा आउने फोनबाट आउने उजुरी तथा गुनासो रेकर्ड सम्बन्धित ढाँडामा रेकर्ड गरेर फिल्डमा रहेका प्रहरीलाई फोनमार्फत जानकारी गराइन्थ्यो । तर अहिले प्रविधिकै माध्यमबाट रेकर्ड हुने भएकाले र तुरुन्तै रेस्पोन्स गर्न सकिनेछ ।’

जिल्लाभरि रहेका प्रहरीका सवारी साधनलाई पनि ‘जिपिएस’ प्रणालीद्वारा ‘ट्याकिङ’ गर्ने पद्धतिको पनि विकास गर्ने काम भइरहेको छ । 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : ४६ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक