पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ « Khabarhub

पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ । 

कार्यालयले दैनिक प्रहरी परिचालनलाई व्यवस्थित गराई आफ्ना गतिविधिलाई छिटोछरितो सम्बोधन, अपराध रोकथाम, नियन्त्रणका लागि स्मार्ट कन्ट्रोल रुमलाई  सञ्चालनमा ल्याएको हो । 

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले डिजिटल स्मार्टरुपको शुक्रबार उद्घाटन गर्दै प्रविधिका माध्यमबाट अपराध नियन्त्रण र प्रहरी परिचालनमा सहज हुने बताएका छन् ।

‘प्रहरीलाई अत्याधुनिक प्रविधिसँग जोडेसँगै प्रहरीका गतिविधि पनि छिटोछरितो हुनेगर्छ’, उनले भने, ‘यसले प्रहरीलाई थप जिम्मेवार र तुरुन्तै एक्सनमा जाने वातावरण तयार पार्नेछ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले करिब सात लाखको लागतमा डिजिटल स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको बताए । 

‘पहिला कन्ट्रोल रूप म्यानुअल ढङ्गले सञ्चालन हुँदै आइरहेको थियो, उनले भने, पहिला प्रहरीको १०० नम्बरमा आउने फोनबाट आउने उजुरी तथा गुनासो रेकर्ड सम्बन्धित ढाँडामा रेकर्ड गरेर फिल्डमा रहेका प्रहरीलाई फोनमार्फत जानकारी गराइन्थ्यो । तर अहिले प्रविधिकै माध्यमबाट रेकर्ड हुने भएकाले र तुरुन्तै रेस्पोन्स गर्न सकिनेछ ।’

जिल्लाभरि रहेका प्रहरीका सवारी साधनलाई पनि ‘जिपिएस’ प्रणालीद्वारा ‘ट्याकिङ’ गर्ने पद्धतिको पनि विकास गर्ने काम भइरहेको छ । 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : ४६ बजे

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३