नाग्म-गमगडी सडक स्तरोन्नति गरिँदै, सवारी आवागमन बन्द हुने « Khabarhub

नाग्म-गमगडी सडक स्तरोन्नति गरिँदै, सवारी आवागमन बन्द हुने


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रुपमा रहेको रारातालसम्म पुग्ने नाग्म–गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान ५ः३० देखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवागमन बन्द हुनेछन् । 

निर्माणाधीन नाग्म–गमगडी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताए ।

नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लगिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने उनले जानकारी दिए।

निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन् । नाग्म-गमगडी सडकको पहिलो चरणमा छ किमी सडक कालोपत्र भएको छ ।

बाँकी चरणबद्ध रुपमा सडकलाई कालोपत्र गरिने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  २ : ०१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको