अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : मन्त्री चौधरी « Khabarhub

अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : मन्त्री चौधरी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

इटहरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताएकी छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन् ।

सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उनले भनिन्, ‘राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।’

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन् । उनले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताइन् । 

नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेतको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।  

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  २ : १८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर