राजविराज-सखडा खण्ड मर्मत गरिँदै | Khabarhub Khabarhub

राजविराज-सखडा खण्ड मर्मत गरिँदै


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

राजविराज– वर्षाको समयमा राजविराज–सखडासखडा–नेउर खण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ ।

छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि बैठकले आवश्यक मर्मतसम्भार गरी आवतजावत सहज बनाउन तत्काल काम सुरु गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

 वर्षाले हिलाम्मे भई आवतजावत अवरुद्ध भएको उक्त सडकलाई पाँच दिनभित्र मर्मत गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधि र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका उनले बताए।

गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘पाँच दिनमा सडक स्तरोन्नति गरी वर्षामा सहज आवागमन बनाउने सहमति भएको छ । छैटौँ दिनसम्म काम सम्पन्न जनप्रतिनिधिसहित स्थानीय सडक डिभिजन कार्यालयमा धर्नामा बस्ने निर्णय गरेका छौँ ।’

रुपनी–छिन्नमस्ता २२ किलोमिटर सडकमा बोलपत्र आह्वान भए पनि कामले गति लिन सकेको छैन । अहिले वर्षाको समयमा राजविराज हुँदै छिन्नमस्ता दर्शनका लागि आउनेजाने श्रद्धालुले सास्ती खेप्नु परिरहेको छ ।  

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ३ : ०८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका