हात्तीको २ दाह्रासहित ३ जना पक्राउ « Khabarhub

हात्तीको २ दाह्रासहित ३ जना पक्राउ


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ ।  

ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले विशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दाह्रा बरामद गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दाह्रा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए ।

 स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमिन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दाह्रा बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिएका छन ।

हात्तीको दाह्रा ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साको सहकार्यमा  अनुसन्धान भइरहेको प्रवक्ता भारतीले बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ४ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया