बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता « Khabarhub

बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत पुगेकी छन् । शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

यसअघि शेख हसिनाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरिन् । यसअघि शेख हसिना पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जुन ९ मा भारत पुगेकी थिइन् ।

दुई नेताबीच भएको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको जानकारी दिए । यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो । 

क्वात्राले भने, ‘दुवै नेताले हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप सुदृढ र नयाँ दिशा दिन सहमत भएका छन् ।’

दुई देशबीच रेल कनेक्टिभिटी बढाउन, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि पनि सम्झौता भएको छ । दुवै देशले सामुद्रिक अर्थतन्त्र र महासागरमा सहकार्य बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज हामीले नयाँ क्षेत्रमा सहयोगका लागि भविष्य उन्मुख दृष्टिकोण तयार गरेका छौं। हरित साझेदारी, डिजिटल साझेदारी, नीलो अर्थतन्त्र (समुद्री अर्थतन्त्र) र अन्तरिक्ष जस्ता क्षेत्रमा सहकार्यमा भएको सहमतिबाट दुवै देशका युवाहरूले लाभान्वित हुनेछन् ।’

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : १३ बजे

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल