पर्सा निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप, एक सिकारीको मृत्यु « Khabarhub

पर्सा निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप, एक सिकारीको मृत्यु


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ ।

निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो । 

सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर वडा नं १४ का  ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।  दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराका प्रमुख चिरञ्जीवी दाहालले बताए छन् ।

सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर लगायतका सामग्री बरामद गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : ३९ बजे

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर