पर्यटन प्रवर्द्धन समृद्धिको आधारः प्रदेश प्रमुख भट्ट « Khabarhub

पर्यटन प्रवर्द्धन समृद्धिको आधारः प्रदेश प्रमुख भट्ट


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर सम्भावना भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।

पोखराको नोबेल एकेडमीले भारतको एसएसपिजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा आज आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरूसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुखले यस्तो बताएका हुन् ।

“पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग पुग्ने विश्वास लिएको छु”, उनले भने, “विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकमा धार्मिक पर्यटनमार्फत समृद्धिको स्पष्ट खाका आउने विश्वास छ ।

सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटनसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुने, यहाँका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वहरूबीचको यो जमघटले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा उनले व्यक्त गरे ।

“विश्वका कैयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ । नेपाल ऋषिमुनीहरूको तपोभूमि हो”, उनले भने, “मन्दिरै मन्दिरको सहर काठमाडौँमा हिन्दूहरूको प्रमुख धाम पशुपतिनाथबाट बुद्ध जन्मभूमि लुम्बिनी हुँदै गण्डकीको मुक्तिनाथसम्मले पर्यटकलाई तान्दछ ।”

बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्न सकिने बताए ।

नेपाल सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत विभिन्न किसिमका अन्तर्राष्ट्रिय सम्मेलन पनि गरिरहेको जनाउँदै प्रदेश प्रमुख भट्टले शिक्षाको माध्यमबाट अध्यात्मिक पर्यटनको हितका लागि गरिएको यो सम्मेलन महत्त्वपूर्ण रहने बताए। सम्मेलनमा छिमेकी राष्ट्र भारत, बङ्गलादेश, भुटानस्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधि, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : १६ बजे

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

सानेपाबाट गगनको पहिलो निर्णय : देवेन्द्रराज कँडेलको उम्मेदवारीलाई आधिकारिकता

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पद

सानेपामा सुरू भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।  पार्टी

ओलीलाई योगेशको जवाफ : टिकट लाने कसैले पनि जित्छु भनेर कागज गरेका छैनन्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी