‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ « Khabarhub

‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नारासहितको कार्यक्रम कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको १५औँ गाउँसभामा शुक्रबार गाउँपालिका अध्यक्ष राजु थापाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्रथामिकता राखेर प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्वारा नागरिकले आर्थिक, सामाजिकस्तरमा वृद्धि गर्दै समृद्ध, समातामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ । आर्थिक विकासका लागि कृषि पकेट पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

तरकारी मिनिकिट अनुदान, कृषि तथा पशु उद्यमशीलता विकास परियोजनालगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । काठेखोला गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए ।

कार्यक्रमअन्तर्गत स्थान्नीय गोरु संरक्षणका लागि अनुदान दिइनेछ भने हरेक वडामा वडास्तरीय भेटेरिनरी माइनर ल्याब स्थापना गरिने छ । नीति तथा कार्यक्रममा काठेखोला कोसेलीघर सञ्चालनमा ल्याउने उल्लेख छ ।

पालिकाभित्र उत्पादन हुने सिन्की, भाँगो, हँसिया, कोदाली, हस्तकलाका सामग्रीका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामग्री सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले काठेखोला कोसेलीघर सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै पालिकाभित्रका खानी उत्खननका लागि अनुसन्धान गर्न सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरी स्रोत जुटाउन आवश्यक पहल गरिने, वडा नं १ मा हाटबजार स्थापना गरिने, पालिकामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारलाई थप व्यवस्थित गरी गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

गाउँपालिकाले नगर प्रहरी राख्ने समेत तयारी गरेको छ । त्यसका लागि काठेखोला गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्था गर्न बनेको विधेयक गाउँसभामा पेस गरिएको छ ।

आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले काठेखोला गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गरेका थिए । सामाजिक विकास समितिका संयोजक खडक थापाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरे ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १० : २२ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी