‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ « Khabarhub

‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नारासहितको कार्यक्रम कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको १५औँ गाउँसभामा शुक्रबार गाउँपालिका अध्यक्ष राजु थापाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्रथामिकता राखेर प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्वारा नागरिकले आर्थिक, सामाजिकस्तरमा वृद्धि गर्दै समृद्ध, समातामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ । आर्थिक विकासका लागि कृषि पकेट पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

तरकारी मिनिकिट अनुदान, कृषि तथा पशु उद्यमशीलता विकास परियोजनालगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । काठेखोला गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए ।

कार्यक्रमअन्तर्गत स्थान्नीय गोरु संरक्षणका लागि अनुदान दिइनेछ भने हरेक वडामा वडास्तरीय भेटेरिनरी माइनर ल्याब स्थापना गरिने छ । नीति तथा कार्यक्रममा काठेखोला कोसेलीघर सञ्चालनमा ल्याउने उल्लेख छ ।

पालिकाभित्र उत्पादन हुने सिन्की, भाँगो, हँसिया, कोदाली, हस्तकलाका सामग्रीका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामग्री सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले काठेखोला कोसेलीघर सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै पालिकाभित्रका खानी उत्खननका लागि अनुसन्धान गर्न सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरी स्रोत जुटाउन आवश्यक पहल गरिने, वडा नं १ मा हाटबजार स्थापना गरिने, पालिकामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारलाई थप व्यवस्थित गरी गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

गाउँपालिकाले नगर प्रहरी राख्ने समेत तयारी गरेको छ । त्यसका लागि काठेखोला गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्था गर्न बनेको विधेयक गाउँसभामा पेस गरिएको छ ।

आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले काठेखोला गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गरेका थिए । सामाजिक विकास समितिका संयोजक खडक थापाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरे ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १० : २२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु