नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात उपक्षेत्रीय सहयोगको उदाहरण : मोदी | Khabarhub Khabarhub

नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात उपक्षेत्रीय सहयोगको उदाहरण : मोदी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय ग्रिड हुँदै नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण भएको बताएका छन् ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन् । नेपाल र बंगलादेशबीच विद्युत् निर्यात गर्ने सहमति भएको छ । भारतले आफ्नो ग्रिड प्रयोग गरी बिजुली बंगलादेश पठाउन स्वीकृत दिइसकेको छ ।

यस्तै दुई नेताबीचको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको बताए । यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो ।

क्वात्राले भने, ‘दुवै नेताले हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप सुदृढ र नयाँ दिशा दिन सहमत भएका छन् ।’

दुई देशबीच रेल कनेक्टिभिटी बढाउन, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि पनि सम्झौता भएको छ । दुवै देशले सामुद्रिक अर्थतन्त्र र महासागरमा सहकार्य बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ११ : २२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ