साउनमा किन कपाल काट्नु हुँदैन ?  « Khabarhub

साउनमा किन कपाल काट्नु हुँदैन ? 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


83.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साउन महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ । यो महिनामा कपाल काट्नु हुँदैन भनेको त अवश्य पनि सुन्नु भएको होला ।

बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेझैँ साउनको महिनामा पनि कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई बेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान् विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभ कर्म भएकाले पनि भगवान् विष्णु सुतेका बेला शुभ कर्म गर्न नहुने मान्यता रहेको ज्योतिषहरू बताउँछन् ।

त्यसतै, शताब्दीयौंअघि पर्याप्त प्रकाश, सुरक्षित उपकरण र सीपको अभाव हुँदा कपाल काट्दा चोटपटक लाग्ने खतरा हुने गरेको पौराणिक मान्यता छ । साउन महिनामा धेरै पानी पर्ने हुँदा यस्तो बेला कपाल काट्दा संक्रमण हुन सक्ने र चोटपटक वा घाउ हुने खतरा रह्यो । उक्त घाउमा पानी पर्दा इन्फेक्सन र पिप आउन सक्छ । साउन वर्षाको मौसम हो र यस समयमा कुनै पनि चोट वा घाउ छालामा संक्रमण हुन सक्छ। यही कारण साउनमा कपाल काट्न निषेध गरिएको पछिल्ला पुस्ताहरू विश्लेषण गर्छन् ।

यो महिनामा विष्णुको भजन, कीर्तन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने धार्मिक परम्परा छ ।

साभार : प्रभात खबर

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : १२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।