साउनमा किन कपाल काट्नु हुँदैन ?  « Khabarhub

साउनमा किन कपाल काट्नु हुँदैन ? 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


83.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साउन महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ । यो महिनामा कपाल काट्नु हुँदैन भनेको त अवश्य पनि सुन्नु भएको होला ।

बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेझैँ साउनको महिनामा पनि कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई बेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान् विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभ कर्म भएकाले पनि भगवान् विष्णु सुतेका बेला शुभ कर्म गर्न नहुने मान्यता रहेको ज्योतिषहरू बताउँछन् ।

त्यसतै, शताब्दीयौंअघि पर्याप्त प्रकाश, सुरक्षित उपकरण र सीपको अभाव हुँदा कपाल काट्दा चोटपटक लाग्ने खतरा हुने गरेको पौराणिक मान्यता छ । साउन महिनामा धेरै पानी पर्ने हुँदा यस्तो बेला कपाल काट्दा संक्रमण हुन सक्ने र चोटपटक वा घाउ हुने खतरा रह्यो । उक्त घाउमा पानी पर्दा इन्फेक्सन र पिप आउन सक्छ । साउन वर्षाको मौसम हो र यस समयमा कुनै पनि चोट वा घाउ छालामा संक्रमण हुन सक्छ। यही कारण साउनमा कपाल काट्न निषेध गरिएको पछिल्ला पुस्ताहरू विश्लेषण गर्छन् ।

यो महिनामा विष्णुको भजन, कीर्तन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने धार्मिक परम्परा छ ।

साभार : प्रभात खबर

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : १२ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय