देश/प्रदेश

चितवनको फिस्लिङमा पहिरो, यातायात सेवा अवरुद्ध

By खबरहब

July 22, 2024

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान इच्छाकामना-३ फिस्लिङमा लेदो माटोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम भइरहेको र स्थिति सहज भए सडक खुलाउन अझै दुई घण्टा लाग्ने छ ।

पहिरोले सडक अवरुद्ध भएपछि थुप्रै सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।