केमेस्ट्री ल्याबबाट ओलम्पिकसम्मको यात्रा | Khabarhub Khabarhub

केमेस्ट्री ल्याबबाट ओलम्पिकसम्मको यात्रा


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

‘तिम्रो यहाँ कुनै काम छैन। जाऊ बरु गएर डुङ्गामा बस’ शिक्षकले बोलेको त्यो एउटा वाक्य एउटा आवेग मात्र हुन सक्थ्यो। तर, एउटा बालिकाका लागि त्यो एउटा वाक्य नै इखको विषय बन्यो। त्यसैको फल आसन्न पेरिस ओलम्पिकमा देखिँदै छ। पेरिस ओलम्पिक जहाँ संसारका धेरै देश सहभागी छन्। सहभागी हुने देशको अवस्था भने नितान्त फरक छ।

सहभागी देशमा विविधता छ। केही देश जित्नका लागि खेल्ने गर्छन्। सफलताको नयाँ आयाम बुन्छन्। हरेक दिन आफूमा रहेको कमजोरी हटाउन उनीहरू लालायित छन्। हुन सक्छ त्यसै ओलम्पिकमा कुनै त्यस्तो देशको पनि सहभागिता रहनसक्छ, जुन देशको खेलकुद निकाय भ्रष्टाचारमा लिप्त छ।

यस पटकको चर्चा भने त्यस ओलम्पिकमा भाग लिन होइन, जित्नका लागि खेल्ने देशका खेलाडीको हो। रेबेका सर्टनका लागि ल्याबमा बसी रहेको समयमा शिक्षकको त्यो एउटा बोली नै ओलम्पिक यात्राको सुरुवात भएको हो। सर्टन सहितको बेलायती टोलीले फोर रोइङमा प्रतिस्पर्धा गर्दै छ। सो स्पर्धामा पदकको दाबेदार मध्ये बेलायत पनि एक हो।

मेथोडिस्ट कलेजमा एक वसन्त ऋतुको बिहानको त्यो समय। सोही समयमा शिक्षक एन्डा मोरेन सटर्नसँग रिसाएका थिए। त्यस समयमा रसायन विज्ञानमा विस्फोटक भट्टीका बारे प्रयोगात्मक कक्षा चलिरहेको थियो। त्यस समयमा रसायन शास्त्र छाडेर खोलामा जान आफैले भनेको कुरा शिक्षक मोरेन अझै सम्झन्छन्।

१४ वर्षीया सर्टनमा एउटा आत्मविश्वास थियो। सोही आत्मविश्वासका साथ उनी पानीमा आफ्नो जीवन खोज्न सुरु गरिन्। दक्षिणी बेलफास्टमा रहेको लागन नदीको किनारमा थुप्रै डुङ्गा थिए। त्यसै डुङ्गाले सटर्नलाई आकर्षित गरेको थियो। अहिले ३० वर्ष भएकी उनलाई अहिले पनि ती हरेक दिनको सम्झना छ।

रोइङमा समावेश भएको दोस्रो वर्ष उनी ग्रुप एटको स्पर्धामा अन्तर्राष्ट्रिय तहको प्रतियोगितामा सहभागिता जनाउन सफल भएकी थिइन्। त्यस समयमा फ्रान्सेली राष्ट्रिय टोली भन्दा पछि रहँदै त्यस समयमा खासै अपरिचित उनीहरूको टोली दोस्रो भएको थियो।

त्यस समूहको दिन दिनै प्रगति गर्दै जाँदा सटर्न टोलीको मुख्य सदस्य भइसकेकी थिइन्। मोरेनलाई नै उनलाई पानीमा गति बढाउने केही शैली सिकाएका थिए। शिक्षकले सिकाएको एमसिबी टेक्निक मोडलले नै उनलाई राम्रो खेलाडी बन्न सहयोग गरेको थियो। त्यसपछि उनले हरेक किसिमको रोइङ स्ट्रोकको प्रविधि सिक्दै एकपछि अर्को प्रगति गर्दै गइन्।

उनलाई सुरुमा नै तीन प्रमुख तह पार गर्नु थियो। दृढ विश्वास र अथक परिश्रमका साथ उनले त्यो पुरा गरेकी थिइन्। पहिलो त फिट हुनु थियो। दोस्रो चरणमा फिटनेसको मात्रा अत्यधिक धेरै हुनु थियो। तेस्रो प्राविधिक ज्ञान आवश्यक थियो। ब्लेडको हरेक धारका साथ आफूलाई अघि बढाउनु थियो।

तल्लो तहमा नै आवश्यक पर्ने ग्राउन्ड तहको बारे उनले एकदमै छिटो सिकेकी थिइन्। यस बिचमा उनले धेरै फरकपनको अनुभव गरेकी छन्। उही प्रशिक्षक, उही सिकाइ भए पनि धेरैका खेल स्तर फरक छन्। यसको कारण प्रस्ट छ। सफलता भनेको सानो समर्पणले प्राप्त हुने विषय नै होइन। यसका लागि ठुलो समर्पणको आवश्यकता हुन्छ। त्यसै समर्पण र हरेक समय सिक्ने चाहने इच्छाका कारण उनले आफूलाई एकपछि अर्को गर्दै प्रगतिको बाटोमा लगेकी थिइन्।

सुरुवाती दिनमा साताको तीन दिन बिहानको सात बजे नै सबै कुरा सिक्नका लागि जानु पर्ने उनका लागि कम कठिन भने पक्कै थिएन। म्यारोनकै बिचारमा उनको रोइङ प्रतिको समर्पण भने अचम्मकै थियो। त्यो समर्पण सहितको प्रशिक्षण कम्ती थिएन।

यसका लागि उनले धेरै ठुलो सङ्घर्ष गर्नु परेको थियो। टिनएजमा अन्य हरेक व्यक्तिले भन्दा फरक ढङ्गले सोच्न पनि आवश्यक थियो। उनको यो मेहनतको फल कस्तो हुने भन्ने त टोकियोमा नै थाहा हुनेछ। उनको लगातारको मेहनतको फल कुनै पदकको रूपमा प्राप्त हुने सम्भावना बढी छ।

यसै महिनाको अप्रिलमा भएको विश्वकपमा उनी सहितको बेलायती टोलीले स्वर्ण पदक जितेको थियो। सो विश्वकप विजयी टोलीमा सर्टन सहित दुई पटककी ओलम्पिक विजेता सामन्था रेडग्रेभ र एस्मा बुथ पनि समावेश थिए।

सन् २०२३ मा भने सो टोलीले कुनै सफलता पाएको थिएन। अप्रिलको सो सफलताले टोलीको आत्मविश्वासमा थप बल प्रदान गरेको थियो। सर्टनले टोलीका सबै खेलाडीले उत्तिकै स्तरीय प्रदर्शन गरेका कारण सफलता पाएको बताएकी छिन्।

यी ३० बर्सिया रोइङ स्टार अब कति समय खेलमा आबद्ध हुने छिन्, भन्ने अनिश्चित नै छ। निश्चित के हो भने खेलाडी जीवनको पर्यन्त उनी खेलकुदमा नै सक्रिय हुने छिन्। एक खेल सामग्री पसलमा आबद्ध हुनु अघि नै उनले स्पोर्ट्स साइन्समा ग्र्याजुएसन गरेकी हुन्। विश्व च्याम्पियनसिपमा उनी सहितको टोली तेस्रो भएको थियो। तथापि विगतको युरो कप विजेता तथा विश्वकप विजेता पनि भइसकेका कारण स्वर्ण पदकको अपेक्षा बेलायती टोलीलाई नै छ।

यस स्पर्धामा साबिक विजेता अस्ट्रेलिया हो। विश्व च्याम्पियन नेदरल्यान्ड्स हो। अनि समग्रमा सन् २०२४ को उत्कृष्ट बेलायत हो। यी तीन टोलीसहित अमेरिका, रोमानिया, चीन र न्युजील्यान्डको सहभागिता छ।

पेरिस ओलम्पिकमा बेलायती टोली तेस्रो हुने अनुमान गरिएको छ। शीर्ष दुई स्थानका लागि अमेरिका र चीनकै बिचमा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। बेलायतले तेस्रो स्थान पाउनका लागि सर्टनको प्रदर्शन पक्कै पनि महत्त्वपूर्ण हुनेछ।

ओलम्पिक खेलकुदमा बेलायतको सबै भन्दा उत्कृष्ट प्रदर्शन रियो ओलम्पिकको हो। सो ओलम्पिकमा बेलायतले तेस्रो स्थान पाएको हो। सबै खेलमा अलिअलि प्रभाव देखाउँदै पदक बटुल्ने बेलायतको पकडका खेल भने छैनन्। तथापि पौडी, एथलेटिक्स, रोइङ, साइक्लिङ, फुटबल, क्यानोइङ सालोम र टेनिस लगायत खेलमा बेलायतको उपस्थिति रहने छ।

यो उपस्थितिमा नयाँ थपिएका केही खेलमा पनि बेलायतको उपस्थिति पक्कै रहने छ। धेरैले बेलायतले १३ या १४ स्वर्ण पदकको अनुमान गरेका छन्। धेरै पण्डितको अनुमानमा उनी समावेश स्पर्धामा रजत पदकको सम्भावना सबै भन्दा धेरै हो। तथापि विगतको आँकडा हेर्दा यो स्पर्धामा नेदरल्यान्ड्स, अमेरिका, अस्ट्रेलिया र रोमानियाको उत्तिकै सम्भावना रहेको पनि केही पण्डितहरूको मत छ।

क्यानोइङ सालोम र इक्वेस्ट्रियन तथा साइक्लिङमा बेलायतलाई बलियो मानिएको हो। यसको सबै परिणाम त पर्खन केही दिन लाग्ने छ। तथापि कक्षा कोठाको त्यो एक दिन उनका लागि नयाँ यात्राको सुरुवात भने पक्कै हो। स्रोतः बिबिसी, वर्ल्ड रोइङ,

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : १९ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार