बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामाले दाबी पेस गर्दै « Khabarhub

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामाले दाबी पेस गर्दै


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्ने भएका छन् ।

आइतबार कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

लामाले आफ्नै दल कांग्रेस र एमालेका सांसदहरुको समर्थनमा बिहान १० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले मंगलबार अपराह्न ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकारमा दाबी पेस गर्नका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका सभामुखसहित १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

 

 

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ०६ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई