‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध « Khabarhub

‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘के घर के डेरा’को सिक्वेल ‘घर नम्बर २’मा निर्देशक एवं कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । फिल्मका निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार उनी फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र निश्चलबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक खनालका अनुसार अझै केही कलाकार छनोटको काम बाँकी रहेको छ । 

निर्माण पक्षले यसअघि खगेन्द्र लामिछाने अनुबन्ध गरिसकेको छ । निर्माण पक्ष साउन २५ गतेबाट छायांकनमा निस्कने तयारीमा छ । 

सिक्वेल भए पनि कथावस्तु फरक रहेकाले यसमा ‘के घर के डेरा’का कलाकार दोहोरिने सम्भावना न्यून रहेको बुझिएको छ । 

‘घर नम्बर २’को कथा लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा युवराज कार्कीको लगानी रहने छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : १९ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध