‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध « Khabarhub

‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘के घर के डेरा’को सिक्वेल ‘घर नम्बर २’मा निर्देशक एवं कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । फिल्मका निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार उनी फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र निश्चलबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक खनालका अनुसार अझै केही कलाकार छनोटको काम बाँकी रहेको छ । 

निर्माण पक्षले यसअघि खगेन्द्र लामिछाने अनुबन्ध गरिसकेको छ । निर्माण पक्ष साउन २५ गतेबाट छायांकनमा निस्कने तयारीमा छ । 

सिक्वेल भए पनि कथावस्तु फरक रहेकाले यसमा ‘के घर के डेरा’का कलाकार दोहोरिने सम्भावना न्यून रहेको बुझिएको छ । 

‘घर नम्बर २’को कथा लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा युवराज कार्कीको लगानी रहने छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : १९ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार