पूर्वमन्त्री रायको हत्या- मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ « Khabarhub

पूर्वमन्त्री रायको हत्या- मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


47.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेक‍ा ८० वर्षीय रायको गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उक्त प्रकरणमा अनुसन्धान अघि बढाइएको बताउँदै शंकास्पद एक युवकलाई पक्राउ गरिएको बताए ।

घटनापछि प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको थियो।

घटनाको समयमा मन्त्री रायको घरमा राति साढे ९ बजे आसपास तीनजना व्यक्ति छिरेका उनको घरमा काम गर्ने रामउजैन रायले प्रहरीलाई बताएका छन् । पूर्वराज्यमन्त्री रायलाई भेट्न राति घरमा आएका उनीहरूले नै हत्या गरेको आशंका प्रहरीले गरेको छ ।

धान रोप्न उक्त घरमा बसिरहेका राय श्राद्धमा गएर राति साढे ८ बजे फिरेका थिए । उनी आएको करिब एक घण्टा आसपासमा ती तीनजना व्यक्ति छिरेको प्रहरीले जनाएको छ । ती तीनमध्ये एकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

धान रोप्न पुगेका राय कामदार राम उदेन रायसँग बसिरहेका थिए । घरमा छिरेका तीनजनाले जग्गा विवाद मिलाइदिन भन्दै रायसँग प्रश्न गरेका थिए । प्रहरी अधिकारीले पनि जग्गा विवादबारे उनीहरूबीच भनाभन भएको अनुमान गरेको छ ।

घरमा छिरेका तीनजना र मन्त्री रायबीच कुरा चलिरहेका बेला आफू अर्को कोठामा सुत्न गएको बयान राम उदेनले प्रहरीलाई दिएका छन् ।

तर मध्यराति उठेर शौचालय जान लाग्दा मन्त्री रायको कोठा खुल्लै देखिएको थियो। कोठामा पसेर हेर्दा मन्त्री राय भुइँमा रगतपच्छे भएर ढलेको अवस्थामा देखिएका थिए । त्यसपछि रायका नाताहरूलाई खबर गरेको उनले बताएका छन् ।

मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल घटनाको अनुसन्धान जारी रहेको बताए । उनले रायको घरमा छिरेका तीनजना नै हत्यामा संलग्न भएको आशंकमा अनुसन्धान अघि बढेको छ ।

घरेलु हतियार दाउ प्रयोग गरेर रायको हत्या गरिएको प्रहरीले जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि मलंगवा पठाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ४० बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई