पूर्व राज्यमन्त्री रायको हत्या- राप्रपाले सरकारसँग माग्यो जवाफ « Khabarhub

पूर्व राज्यमन्त्री रायको हत्या- राप्रपाले सरकारसँग माग्यो जवाफ


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाहीस्थित पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरण संसद्‍मा प्रवेश गरेको छ।

प्रतिनिधि सभा आइतबार बसेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

बैठकमा बोल्दै राप्रपा सांसद रोशन कार्कीले रायको हत्याबारे छानबिन र मधेशमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षाप्रति सदनको ध्यानाकर्षण गराइन् ।

पूर्वमन्त्री रायको आइतबार सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

उक्त घटनापछि राप्रपाले विज्ञप्ति जारी गर्दै निन्दा गरेको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले भनेका छन्, ‘यस दुःखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको लोकप्रिय राष्ट्रवादी नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ५८ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश