उद्योगको विद्युतबारे माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले झुट बोले, संसद्‍बाटै भ्रम छरे | Khabarhub Khabarhub

उद्योगको विद्युतबारे माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले झुट बोले, संसद्‍बाटै भ्रम छरे


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उद्योगहरूको बिजुली प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् ।

सोमबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले यस्तो आरोप प्रधानमन्त्रीमाथि लगाएका हुन् ।

उनले विद्युत महसुल नतिर्ने, अकुत मुनाफा कमाउने ६१ वटा उद्योगहरू रहेको बताउँदै तिनले २२ अर्ब २६ करोड विद्युत् महसुल तिर्नु पर्ने बताए ।

पहिलो अवधि र पछिल्लो अवधिको १४ अर्ब रुपैयाँ महसुलबारे अदालतमा मुद्दा विचारधीन रहेको उनले बताउ । बाँकी ८ अर्ब २६ करोडको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले असुलउपर गर्ने आदेश दिइसकेको उनले बताए ।

दाहालले संसद्‍को सार्वजनिक लेखा समितिले पनि असुलउपर गर्न आदेश दिएको बताए ।

‘महालेखाको प्रतिवेदन, लाल आयोगको प्रतिवेदनको आधारमा तत्कालीन मन्त्रिपरिषद्ले ८ अर्ब २६ करोड उठाउने निर्णय गरिसकेको छ’, उनले भने, ‘यसैको जगमा विद्युत् प्राधिकरणले लिखित पत्र पटक–पटक दिँदा पनि विद्युत् महसुल तिर्न अस्वीकार गरेपछि लाइन काटिएको छ ।’

उनले यसबारेमा आइतबार रोस्ट्रमबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको बताए । ‘यसबारेमा प्रधानमन्त्रीज्यूले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्पर्यत्न गर्नुभयो’, उनले भने, ‘यी सबै प्रमाणहरूलाई उहाँले अवज्ञा गर्नुभयो । त्यसपछि विचौलियाको भाषामा, विचौलियाको दबाब र प्रभावमा विद्युत लाइन जोड्ने र तयसपछि महसुल मिानाहा गर्ने घोषणा गर्नुभयो ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : २९ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ