ओलीको जवाफ- म आवेगमा छैन, उद्योगले प्रयोग गरेको महसुल तिर्नुपर्छ « Khabarhub

ओलीको जवाफ- म आवेगमा छैन, उद्योगले प्रयोग गरेको महसुल तिर्नुपर्छ


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिको सोमबार बसेको बैठकमा सांसदहरूसँगको सवाल-जवाफका क्रममा उनले प्रयोग गरेको महसुल उद्योगले तिर्नुपर्ने बताए ।

‘हिजो पनि मैले प्रयोग गरेको बिजुलीको पैसा तिर्नु परेको तिर्नु पर्छ भनेको छु । तिर्नु पर्दैन भनेको छैन । अरू विवाद मिलाउँला । यो संसद्मा बोलेको रेकर्ड छ । सत्य कुरा बोल्नुपर्छ । हामी कुनै खेलबाड गर्न, गाली गर्न आएको होइन । देश र जनताका लागि काम गर्न आएको हो ।’

उनले सरकारलाई लाञ्छना लाउनु उपयुक्त नहुने बताए । ‘म कुनै आवेशमा छैन । आवेगमा छैन । तर झुटा लाञ्छनाबारे सबैजना जबाफदेही हुनुपर्छ । सदनको मर्यादा राख्नुपर्छ । झुटा कुरा गर्नु हुँदैन । सदनलाई हल्ला गर्ने ठाउँ बनाउनु हुँदैन’, उनले भने ।

आइतबारको संसद्‍ बैठकमा विद्युत् महसुल नतिर्ने उद्योगहरूमा तत्काल बिजुली जोड्न ओलीले दिएको निर्देशनबारे प्रश्न उठेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको