प्रधानमन्त्रीको जवाफ- मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन « Khabarhub

प्रधानमन्त्रीको जवाफ- मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महसुल विवादका कारण लाइन काटिएका उद्योगहरूबारे सरकारको बचाउ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पनि उनले स्पष्टीकरण दिँदै आफूलाई कुनै सेटिङको लोभ नभएको बताएका हुन् ।

कतिपय सांसदले आफूले आइतबार आफूले दिएको जवाफबारे गलत ब्याख्या गरेको भन्दै प्रधानमन्त्रधी ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा झुटको खेती नगर्न आग्रह गरे । उनले तथ्य र प्रमाणका आधारमा सदनमा अभिव्यक्ति दिन पनि भने ।

उद्योगहरूबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले लिने उनले बताए । तर प्रयोग नगरेको विद्युत महसुल तिर्नुनपर्ने प्रधानमन्त्री ओलीको जवाफ थियो ।

‘मलाई कुनै लप्पन छप्पन गर्नु छैन । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दसकदेखि काम गर्दै आएको छु’, उनले भने, ‘अब पनि त्यही गर्छु । मैले उद्योगहरूले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्न अरुमाथि आरोप लगाएर सदनको गरिमा रहँदैन ।’

उनले आफू प्रधानमन्त्री भएकोमा कसैलाई मन नपर्नु स्वभाविक भएको बताए । ‘कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन । राजनीतिक कुरा राजनीतिक रुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस्’, उनले भने ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ५० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,