लमजुङ अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट  « Khabarhub

लमजुङ अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिका-८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा एक सय पाँचवटा मुद्दा बढी फछ्र्यौट गरेको हो । 

अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार वार्षिक फछर्यौट लक्ष्य पाँच सय ७४ मुद्दा रहेकामा गत आवमा छ सय ७९ फछर्यौट गरिएको छ । गत आवमा अदालतले लक्ष्यको आधारमा एक सय १८ दशमलव २९ प्रतिशत प्रगति गरेको उनले बताए । 

एक हजार २४ यथार्थ लगत रहेकामा छ सय ७९ वटा मुद्दा फछर्यौट भएको भन्दै वास्तविक लगतको आधारमा ६६ दशमलव ३० प्रतिशत प्रगति भएको जानकारी दिए ।

श्रेष्तेदार पौडेलका अनुसार गत आवमा सात सय ५१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने आव २०७-९८० बाट जिम्मेवारी सरेर आएका दुई ७३ गरी एक हजार २४ मुद्दा फछर्यौट गर्नुपर्ने थियो ।

जिम्मेवारीबाट सरेर आएका दुई सय ३७ मुद्दा फछर्यौट भएका छन् । चालु आर्थिक वर्षमा ३६ मुद्दा सरेर आएका अदालतले जनाएको छ । अदालतका अनुसार नयाँबाट तीन सय नौ मुद्दा सरेको र चालु आवमा तीन सय ४५ वटा मुद्दा टुङ्ग्याउनुपर्ने छ । 

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले अदालतका कर्मचारीको लगावका कारण लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट भएको बताए । जिल्ला अदालतले दुई वर्ष बढीका मुद्दा नराख्ने भने पनि प्रमाण जुटाउन नसक्दा दुई वटा मुद्दाको फछर्यौट हुन नसकेको उनले जानकारी दिए।

न्यायाधीश पौडेलले न्याय सम्पादनमा कुनै कमी आउन नदिन आफूसहित कर्मचारीले सधैँ एकआपसमा समन्वय गरी काम गरिरहेका बताए। जिल्ला अदालतलाई मुलुककै समयसापेक्ष न्याय सम्पादन गर्ने सूचीमा लैजाने योजना अनुसार कार्यसम्पादन गरिरहेको उनले जानकारी दिए।  

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्