प्रधानमन्त्री ओलीले भने- भ्रष्टाचारको निष्पक्ष  छानबिनमा सरकार प्रतिबद्ध छ « Khabarhub

प्रधानमन्त्री ओलीले भने- भ्रष्टाचारको निष्पक्ष  छानबिनमा सरकार प्रतिबद्ध छ


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरूको निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गर्ने प्रतिबद्ध जनाएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले सहकारी क्षेत्रका बचतकर्ताले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सहकारीपीडितहरुसँग पटक-पटक गरिएका सहमति कार्यान्वयन प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अगाडि अगाडि बढाएको जानकारी गराए ।

 ‘समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुसँग ‘अनलाइन’मार्फत मागदाबी गरिएबमोजिम ५९ हजार पाँच सय ८७ वटा मागदाबी निवेदन प्राप्त भएको छ, सोबापत ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको ‘, उनले भने।

प्रधानमन्त्री ओलीले सहकारी कर्जा असुली न्यायाधीकरण, कर्जा सूचना केन्द्र, र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अगाडि बनाइसकिएको उल्लेख गर्दै यसका लागि बजेट समेत सुनिश्चित गरिएको जानकारी दिए । सहकारी नीतिको परिमार्जित मस्यौदा तयार गरिएको जानकारी गराउँदै उनले सहकारी ऐन, २०७४ को संशोधन मस्यौदा तयारीको चरणमा रहेको बताए ।

संविधान संशोधनसँग सम्बन्धित प्रश्नमा प्रधानमन्त्री ओलीले संविधान संशोधन राष्ट्रिय आवश्यकता र राष्ट्रहितलाई मनन गरी राजनीतिक दलहरूबीचमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढाइने विश्वास दिलाए। 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ४६ बजे

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका