त्रिशूलीमा हराएका बस र यात्रुको खोजी जारी  | Khabarhub Khabarhub

त्रिशूलीमा हराएका बस र यात्रुको खोजी जारी 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमडौं गृह मन्त्रालयले चितवनको सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य सोमबार ११ औं दिन पनि जारी रहेको जनाएको छ। 

मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सोमबार पनि बेपत्ता बस र यात्रुहरुको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।  

उनले वक्तव्य जारी गरेर भनेका छन्, ‘भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिङ्ग सडकखण्डको सिमलतालमा गेग्रान बहावले बगाई त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११ औं दिन पनि खोजी कार्य भइरहेको छ ।’

प्रवक्ता भट्टराईका अनुसार सोमबार सिमलतालबाट साढे ३ किलोमिटरको दूरीमा रहेको घुमाउनेदेखि देवघाटसम्मको १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको छ । 

उनकाअनुसार आइतबार उद्धार टोलीले सेनार क्यामेरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिव ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिव १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको थियो ।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बलबाट १२ जनाको प्राविधिक टोली नेपाल आएको छ । शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त बैठकपछि आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो ।

प्रवक्ता भट्टराईले घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएका छन् । भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको उनले बताए । 

सनाखत भएका शवमा १६ वटा पुरुष र २ वटा महिलाको छ भने सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् । ५ वटा शवहरु भारतीय नागरिकका रहेका प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ५९ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको