रोकियो न्यूरोडमा फुटपाथ निर्माण, महानगरले मंसिरसम्म काम अघि नबढाउने « Khabarhub

रोकियो न्यूरोडमा फुटपाथ निर्माण, महानगरले मंसिरसम्म काम अघि नबढाउने


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई आगामी मंसिर २ गतेसम्म रोक्ने सहमित जुटेको छ ।

फुटपाथ विस्तार र निर्माणको काम नगर्न स्थानीयवासीहरूसँग महानगरपालिकाले सहमति गरेको हो ।

सुमनराज भण्डारीको संयोजकत्वमा समितिले दिएको प्रतिवेदनका आधारमा उक्त सहमति जुटेको हो । त्यही सहमतिका आधारमा अब न्यूरोड क्षेत्रमा तत्काल निर्माण कार्य अघि नबढाइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

सोमबार न्यूरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने बिषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो ।

छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेश गर्ने सहमति भएको काठमाडौं महानगर वडा नम्बर २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए ।

९ सदस्यीय कार्यदलबाट बिभिन्न बिषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारबारे थप निर्णय हुने उनले बताए । उनले अहिले वडा नंवर २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर तथा वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबीचको वार्ताबाट यो सहमति भएको हो ।

महानगरले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक घटाएर फुटपाथ विस्तार थालेपछि स्थानीयबासी आन्दोलित भएका थिए । जनप्रतिनिधिहरूले सडकबाटै काम गरेका थिए । स्थानीयबासी र वडाअध्यक्षको आन्दोलनका कारण मेयर साह काम रोकेर सहमति गर्न तयार भएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ०० बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको