पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप | Khabarhub Khabarhub

पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप देखिएको छ । बलोचिस्तानको दिर क्षेत्रमा हैजाको प्रकोप फैलिएको हो ।

पाकिस्तानी अखबार ट्रिब्युनका अनुसार दिर जिल्ला अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै हैजाका बिरामी आउने गरेका छन् । 

त्यसबाहेक अस्पतालमा झाडापखाला र ग्यास्ट्रिकका बिरामीको सङ्ख्या पनि धेरै रहेको ट्रिब्युनले जनाएको छ । केही समयअघि सो क्षेत्रमा उच्च तापक्रम र उष्णताका कारण झाडापखाला र ग्यास्ट्रिकका बिरामीको सङ्ख्या बढेको थियो ।

अस्पतालमा सीमित स्रोत साधन रहेकाले बिरामीको उपचारमा समस्या भइरहेको ट्रिब्युनले जनाएको छ । अस्पतालमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाउन सो क्षेत्रका स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाले प्रान्तीय सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ५१ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला