साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन « Khabarhub

साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


40.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ। होटल संघ नेपालका पूर्वअध्यक्षसमेत रहेका पाण्डेको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच होटल संघ नेपालले नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै स्व पाण्डेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही प्रभावकारी नेतृत्व प्रदान गरेको स्व पाण्डेको निधनबाट देशले पर्यटन विकासको अभिभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको सङ्घले जनाएको छ ।

निजामती सेवा छोडेर होटल व्यवसाय गरेका स्व पाण्डेले मुलुकमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरूको सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरेका छन् ।

यसबापत उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरू प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया