राष्ट्रियसभा : कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभा : कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहाको दक्षिणी सिमनामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आजको बैठकको आकस्मिक समयमा सांसद दाहालले निर्माणाधीन पुल भासिएको घटनाको अनुसन्धान गर्न पनि सरकारसँग आग्रह गरिन् ।

निर्माणाधीन पुल भासिँदा सो क्षेत्रका २० लाख नागरिकले सास्ती पाइरहेका उनले उल्लेख गरिन् । ‘स्थानीय जनप्रतिनिधि र जनताले पुल निर्माणका लागि बारम्बार पहल गर्दा सुनुवाइ नभएपछि यही भदौ ४ गतेदेखि १० जना युवाले मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि अनशन बसिरहेकाले तत्काल पुनः निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भनिन्।

तीस किलोमिटरको दूरी पार गर्न अर्को एक सय किलोमिटर हिँड्नुपर्ने वा भारतीय सीमाना हुँदै आउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सांसद दाहालले कमला नदीमा निर्माणाधीन पुल भासिएकाले सोको छानबिन गर्न माग गरिन् । कमला नदीमा पुल बनाउन २०६८ साल मङ्सिरमा पप्पु लुम्बिनी बिल्डर्स र जेभी कन्स्ट्रक्सनसँग २४ करोड ९१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको उनले जानकारी दिइन् ।

कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडा पुल साढे तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको उल्लेख गर्दै सांसद दाहालले समय थप्दै लगेर १० वर्षसम्म निर्माण हुन नसकेको समेत जानकारी गराइन्  । स्थानीय जनताको विरोधपछि मधेस प्रदेश सरकारलाई ज्ञापन पत्र दिइएको उल्लेख गर्दै उनले पुल निर्माण नहुनुका कारणसहित स्पष्टीकरणसमेत सोधिएको बताइन्  ।

जनताको विरोधपछि हुलाकी सडक निर्देशनालयले जेभी कन्स्ट्रक्सनलाई हटाएर ठेक्काको सम्झौता लुम्बिनी कन्स्ट्रक्सनलाई दिएको बताउँदै सांसद दाहालले भनिन्, ‘सम्झौताअनुसार पप्पु लुम्बिनी बिल्डर्सले सम्झौताअनुसार २०७८ असार १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर सो अवधिसम्म पनि पूरा हुन सकेन । निर्माणाधीन अवस्थामा रहेको पुल २०७८ असारमा भासिएर काम नलाग्ने अवस्थामा पुग्यो । यसबारे सत्य तथ्य रूपमा छानबिन गर्नु आवश्यक छ ।’

पुल निर्माणका लागि गरिएको डिजाइन नै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै सांसद दाहालले सोको छानबिन कसले गर्ने भनी प्रश्न गरिन् । उनले भासिएको पुलको निर्माण र मर्मत गर्ने सम्भावना नरहेको जनाउँदै सो स्थानमा नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताइन्  ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  २ : १८ बजे

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन