संसदीय छानबिन समितिले शुक्रबार रवि र छविको बयान लिने « Khabarhub

संसदीय छानबिन समितिले शुक्रबार रवि र छविको बयान लिने


६ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वडीआईजी छविलाल जोशीको बयान शुक्रबार लिने भएको छ ।

दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई बयानका लागि शुक्रबार ११ बजे बोलाउन लागिएको समितिले जनाएको छ ।

उनको बयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।

गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए । उनको बयान लिएपछि मात्रै रास्वपा सभापति लामिछानेको बयान लिने संसदीय छानबिन समितिले यसअघि नै तयारी गरेको थियो ।

जोशीकी आमाको निधन भएकाले बयानका लागि समितिले पर्खिएको थियो । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।

तर आमाको काज किरिया भदौ ६ गते सकिएपछि त्यसको भोलिपल्ट छविले बयानमा आउने बताएका थिए । उनीलगत्तै रविको पनि बयान लिने समितिका एक सदस्यले खबरहबलाई बताएका छन् ।

ती सदस्यका अनुसार जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो । समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ३ : ५१ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको