संसद्‍मा प्रधानमन्त्रीले भने- असन्तुष्टिका नाममा जनता भड्काउने कोसिस हुँदैछ « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीले भने- असन्तुष्टिका नाममा जनता भड्काउने कोसिस हुँदैछ


६ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् ।

सबै कुरालाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको उनले बताए ।

छोटो अवधिमा पनि सकारात्मक परिणाम देखापर्न थालेको उनले बताए । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउन गम्भीर भएर काम गर्ने उनले बताए ।

शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दतचित्त भएर लागेको उनले बताए ।

नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेका दल अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रहसमेत गरे ।

भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शून्य सहनशीलताका साथ अघि बढ्ने उनले बताए ।

ओलीले भ्रष्टाचारसम्बन्धी बिषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निर्मूल पार्ने जिकिर गरे ।

ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थितिमा सकारात्मक परिणाम दिने उद्देश्यका साथ अघि बढेको बताए ।

उनले राष्ट्रको आवश्यकताका आधारमा दलहरुबीचको सहमतिका साथ संविधान संशोधन हुन सक्ने भन्दै यस बिषयमा गलत प्रचारबाजी भएको बताए ।

उनले मनसुनका कारण प्रभावितहरुलाई राहत, पुनर्स्थापनाका साथै अन्य काम सरकारी तवरबाट भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताए ।

घरजग्गा कारोबार क्रमशः बढ्दै गएर पूँजीबजारमा उल्लेखनीय सुधार आएको उनले बताए । निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ३ : ५७ बजे

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट