राजनीति

भारतबाट फर्किएपछि परराष्ट्रमन्त्रीको टिप्पणी- सम्बन्ध अझै बलियो र सुदृढ बनाएँ

By खबरहब

August 22, 2024

काठमाडौं- भारतको चार दिने भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार अपरान्ह देउवा स्वदेश फर्किएकी छन् ।

मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका छन् ।

त्यसक्रममा क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ताबारे जानकारी दिइन् ।

भेटमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेको बताइन् ।

मन्त्री राणाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेकी छन् ।

यस्तै, भ्रमणले आगामी दिनमा उच्चस्तरको भ्रमण आदानप्रदान गर्न सहयोग पुग्ने पनि उनले विश्वास जनाएकी छन् ।

भ्रमण अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता र स्वागतका लागि भारत सरकारका विदेशमन्त्री डा. एस. जयशंकर र त्यहाँका पदाधिकारीप्रति धन्यवाद दिएकी छन् ।