थाइल्यान्डमा ९ जना यात्रु सवार जहाज दुर्घटनाग्रस्त « Khabarhub

थाइल्यान्डमा ९ जना यात्रु सवार जहाज दुर्घटनाग्रस्त


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्यान्डमा बिहीबार दिउँसो एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ ।

यो जहाज थाइल्यान्डको बाङ पाकोङ जिल्लास्थित चाचेङसाओको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो ।

थाइल्यान्डको नागरिक उड्ययन प्राधिकरणका अनुसार एफएल ३६० एरो कलसाइनको थाई फ्लाइङ सर्भिस सेस्ना क्याराभान सी२०८ (एचएस-एसकेआर) जहाज ९ जना यात्रुसहित उडेको थियो ।

सुवर्णभूमि विमानस्थलबाट दिउँसो २ बजेर ४६ मिनेटमा उडेको यो जहाज टार्ट प्रान्तस्थित को माई ची विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

यो जहाज दिउँसो ३ बजेसम्म सुवर्णभूमि विमानस्थलस्थित टावरको सम्पर्कमा थियो । त्यसपछि यो जहाज दिउँसो ३ बजेर १८ मिनेटमा दुर्घटनामा परेको हो ।

बेपत्ता भएपछि खोजीका क्रममा यो जहाज जंगलभित्र ध्वस्त भएको अवस्थामा भेटिएको हो । दुर्घटनामा भएको हताहतीबारे विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : ४४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल