कमल थापाको आग्रह- सहमतिमै राजसंस्थालाई अभिभावकको रूपमा राखौँ  « Khabarhub

कमल थापाको आग्रह- सहमतिमै राजसंस्थालाई अभिभावकको रूपमा राखौँ 


६ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रूपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।

राप्रपा नेपाल काठमाडौं -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले धर्म, संस्कृति, मूल्य, मान्यता मासेर देश विकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दुराष्ट्र बनाउनु पर्नेमा जोड दिए ।

युवाहरूको भविष्य बरबाद गर्ने अहिलेको व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई संस्थागत  गरेको समेत आरोप लगाए । भ्रष्टतन्त्र र व्यवस्था धेरै लामो समय नटिक्ने समेत बताए ।

कुशासन भ्रष्टाचार गरेर देशलाई बरबाद गर्ने भ्रष्ट व्यवस्था र शासकको अन्त्यको लागि नेपाली जनता जुर्मुराउनु पर्ने समय आएको भन्दै थापाले
बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादि शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा डा. विष्णु भण्डारी, राजाराम बर्तौला, प्रदिप कार्की, उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ६ : ३४ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो