उद्योगको विद्युत् महसुल प्रकरणमा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई लगाए दोष « Khabarhub

उद्योगको विद्युत् महसुल प्रकरणमा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई लगाए दोष


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डेडिकेटेड र ट्रंक लाइनका विद्युत् उपभोक्ताबाट बक्यौता उठाएरै छाड्ने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सरकारले विद्युत् महशुल नउठाउने भनेर कहिले नभनेको बताए । ओलीले विद्युत महशुलबारे अनावश्यक हल्ला चलाइएको दाबी गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता एवम् प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीमगरले ‘सर्वसाधारण जनतालाई लोडसेडिङमा राखेर दिइएको विद्युतको बक्यौता नतिर्ने उद्योगीहरूबाट बक्यौता उठाएर सर्वसाधारण उपभोक्तालाई सहुलियत दिन हुँदैन ?’ भनेर गरेको प्रश्नमा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ‘२२ अर्ब असुल गर्नुपर्ने ६ अर्बमात्रै किन भयो त ?’ भन्दै प्रतिप्रश्न गरे ।

उनले डेडिकेटेड र ट्रंक लाइन प्रकरण ८/१० वर्षदेखिको रहेको बताउँदै वर्षामा विद्युत् खेर गइरहेको बेला उद्योगहरूको लाइन काट्नु उपयुक्त नहुने बताए ।
ओलीले महालेखा परीक्षकको प्रतिवेदनमा २२ अर्ब विद्युत् बक्यौता बाँकी रहेको कुरा उल्लेख भए पनि प्रचण्ड नेतृत्वको सरकारले गोलमोटल गरेर ६ अर्बमा झारेको आरोप लगाए ।

यसअघि पनि पटक–पटक लाइन काट्ने र जोड्ने श्रृङ्खला चलेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले त्यसो किन भयो त ? भन्दै प्रतिप्रश्न गरे ।

‘२२ अर्ब असुल गर्नुपर्ने ६ अर्बमात्रै किन भयो त ? अहिलेको सरकारले उठाउनुपर्छ, उपभोग गरेको विद्युतको महशुल उठाउनुपर्छ । उपभोग गरेको छैन भने उठाउनु पर्दैन भनेको हो । उपभोग गरेको महशुल उठाउनुपर्दैन भनेर कसले भनेको छ र ?’ उनले प्रतिप्रश्न गरे ।

उनले सरकार र नेपाल विद्युत् प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट पारे ।

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गरे । विद्युत् प्राधिकरणले महसुल उठाउन खोज्दा सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे ।

ओलीले भने, ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।’

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : ५२ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र