गुँला पर्व : दुई लाख भक्तजनले गरे स्वयम्भूको दर्शन « Khabarhub

गुँला पर्व : दुई लाख भक्तजनले गरे स्वयम्भूको दर्शन


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने चाड गुँला पर्वका अवसरमा स्वयम्भूमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने उक्त मेला गत असार २१ गतेदेखि सुरु भएको हो ।

मेला अवधिभर हरेक दिन बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ । बौद्ध धर्मावलम्बीको दशौँ महिनालाई बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणका निमित्त सन्देश प्रवाह गरेको विश्वासका साथ यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिने गरेको छन् । स्वयम्भूमा मेला भरेपछि त्यहाँ नजिक रहेका शोभा भगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा छ ।

करुणाका प्रतीकका रूपमा चिनिने मत्स्येन्द्रनाथको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास धर्मावलम्बीको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन, सडक बत्ती व्यवस्थापनलगायत कार्य गरेको छ ।

महासमितिका महासचिव अशोक बुद्धाचार्यले मेला अवधिभर बुद्ध जीवनी तथा बुद्ध उपदेशलाई कथाका रुपमा वाचन गरिएकाले पनि त्यसमा सहभागी हुन उल्लेख्य रुपमा भक्तजन आउने गरेको जानकारी दिए ।

थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट एक महिनाको अवधिमा करिब पाँच लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्दछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ९ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल