आर्थिक

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

By खबरहब

September 22, 2024

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत बोनस दिने भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए ।

सीईओ दुलालका अनुसार लघुवित्तले आफ्नो चुक्त्ता पुँजीको ९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृतिसँगै आगामी  साधारणसभाले पास गरेपछि वितरण हुनेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ बराबरको छ ।