श्रीलंकाको राष्ट्रपतिमा कम्युनिस्ट नेता दिसानायके विजयी | Khabarhub Khabarhub

श्रीलंकाको राष्ट्रपतिमा कम्युनिस्ट नेता दिसानायके विजयी


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाको राष्ट्रपति निर्वाचनमा जित निकाल्दै मार्क्सवादी नेताले इतिहास रचेका छन् ।

शनिबार भएको निर्वाचनअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकेले ५३ प्रतिशत मतसहित जित निकालेका हुन् ।

उनलाई पछ्याएका त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले दोस्रो नम्बरमा रहे । वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे तेस्रो स्थानमा समेटिए ।

सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको थियो । यस निर्वाचनले केही वर्षदेखि तनावबीच गुज्रिएको श्रीलंकाले सत्ताको बागडोर कम्युनिस्ट नेतालाई दिएको हो ।

श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ बर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ ।

सन् २०१९ को चुनावमा उनै दिशानायकेले केबल तीन प्रतिशत मात्रै मत ल्याएर तेस्रो भएका थिए । तर ५ वर्षभित्रै उनले राजनीतिक उलटफेर ल्याउँदै श्रीलंकाको सत्तामा पुगेका हुन् ।

राष्ट्रपतिमा विजयी दिसानायके कोलम्बो जिल्लाका सांसद हुन् । उनले राष्ट्रिय जनता शक्ति (नेशनल पिपुल्स पावर) र जनता विमुक्ति पेरमुना (जेवीपी) पार्टीको नेतृत्व गरेका छन् ।

यस चुनावमा महत्वपूर्ण सुधारको वाचा उनले गरेका थिए । उनले चुनावका क्रममा भ्रष्टाचार विरोधी उपाय र गरिबको भलाइमा ध्यान दिने बताएका थिए ।

आफ्नो चुनाव प्रचारका क्रममा उनले नयाँ जनादेश हासिल गर्न ४५ दिनभित्र संसद् भंग गर्ने वाचा गरेका थिए । उनको नीतिले उनलाई श्रीलंकाको राजनीतिमा एक प्रमुख नेताका रुपमा स्थापित गरेको छ । उनले आफूलाई समाजका कमजोर वर्गको अधिकारको रक्षा र विकासप्रति प्रतिबद्ध नेताका रुपमा चिनाएका छन् ।

दिसानायकेको जितले श्रीलंकाको राजनीतिक परिदृश्यमा एक नयाँ आशा सञ्चार गराएको छ । खासगरी देश आर्थिक संकटमा जुधिरहेका बेला दिसानायकको उदयले जनतामा पनि विश्वासको वातावरण बनाएको छ ।

मार्क्सवादी पृष्ठभूमि र उनको चीनप्रतिको झुकावले भारत र अमेरिकालाई भने चिन्तित बनाएको छ । तर दिसानायकेले आफू सबै प्रमुख शक्तिसँग सम्बन्ध बलियो बनाउने पक्षमा रहेको बताएका छन् । जसमा छिमेकी भारत र चीन पनि छन् ।

उनको यस जितले केवल श्रीलंकाको राजनीतिक दिशामा परिवर्तन मात्रै ल्याउने छैन, देशको आर्थिक पुनरुद्धारका लागि एक महत्वपूर्ण कदम सावित हुन सक्ने विश्वास छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : २४ बजे

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा.सरोजा कार्की पाण्डे नियुक्त

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा धनुषाकी

माल्दिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा पढाउन द्विपक्षीय सम्झौताको तयारी

काठमाडौं– माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका

बीमा प्राधिकरणको सञ्चालकमा शेयर लगानीकर्ता पोखरेल नियुक्त 

काठमाडौं– नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा शेयर लगानीकर्ता राधा पोखरले

बनिसक्न लागेपछि भत्काउन थालियो ग्वार्कोको ‘ओभरपास’ (तस्बिरहरू)

ललितपुर- ललितपुरस्थित ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो भनिएको ‘ओभरपास‘ निर्माण सम्पन्न

मुग्लिन-पोखरा सडक स्तरोन्नति : ७३ किलोमिटर कालोपत्र

दमौली– मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११