धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै « Khabarhub

धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै

प्रहरी अधिकारी भन्छन्- जनचेतनाका कार्यक्रम प्रभावकारी भए


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १ र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरिमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जना,जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाभरिमा यसअघि आर्थिक वर्ष २०७९/०८०मा ८४ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए ।

‘पछिल्लो समय जनचेतना कार्यक्रम तीव्र बनाएका छौँ’, ओलीले भने, ‘जनचेतनाका कार्यक्रमहरू प्रभावकारी सावित भएको छ, यो हाम्रा लागि सुखद संकेत हो ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : २७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने