फोटो फिचर

फराकिलो बन्दै न्यूरोडको फुटपाथ (तस्बिरहरू)

By खबरहब

September 22, 2024

काठमाडौं- पटक पटकको विवादबीच काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

विवाद अदालतबाटै टुंगिएपछि अहिले काठमाडौं महानगरपालिका-२४ मा फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।

डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कामले गति लिएको हो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा विवाद भएको थियो ।

सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरेको थियो । विवादबीच काटेको कालोपत्रे पनि टालिएको थियो ।

सडक डिभिजन कार्यालय, वडा र स्थानीयबासिन्दाहरूसँग पटक पटकको विवादपछि अहिले फुटपाथ फराकिलो बन्दै गएको छ ।