घरबाटै पक्राउ परे दुर्गा प्रसाईं « Khabarhub

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई भक्तपुरको ठिमीस्थित घरबाट पक्राउ परेका छन् ।

गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो ।

उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका गार्डले अवरोध गरेका थिए ।

त्यसपछि प्रहरीको टोली घरमा भर्‍याङ लगाएर छिरेर पक्राउ गरेको हो । प्रहरीले प्रसाईंलाई पक्राउमा अवरोध गर्ने सुरक्षागार्डलाई पनि समातेको छ ।

गत बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायी प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको आरोपमा पुर्जी जारी भएको थियो ।

विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले त्यसको दोष प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई लगाएका थिए ।

‘संविधानविरोधी कार्यक्रम होइन, संविधान आफैं जलाइसकेको छ । मलाई छोराछोरीसहित सबै तपाईं जानुस् भनेका छन् म जान तयार छु’, उनले भनेका थिए, ‘सर्लाहीमा भोलि मेरो सर्लाहीमा कार्यक्रम थियो । केपी ओली र विष्णु रिमालको दबाबमा मलाई पक्राउ पुर्जी जारी गरिएको हो ।’

के थियो प्रकरण ? 

आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ ।

गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए ।

प्रसाईंले प्रकाउ पुर्जी जारी भएका यी दु्ईजना युट्युबरबारे बुधबार पनि आफ्नो निवासमा पटक पटक प्रशंसा गरे। यी दु्ई युट्युबरले नै आफ्नो आन्दोलनलाई यहाँसम्म ल्याउन मद्दत गरेकाले सरकारले उनीहरूँग पनि रिसइबी साँधेको तर्क उनले गरेका थिए ।

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।

त्यसबेला कान्तिपुर दैनिकको आवरण पृष्ठलाई तोडमोड गर्दै ज्वालाबारेको हुँदै नभएको समाचार भाइरल गरिएको थियो ।

‘जापानमा वे’श्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ शीर्षकमा उनको तस्बिर राखेर उनको बदनाम गर्न खोजिएको थियो । त्यही फेक सामग्रीका भरमा प्रसाईंले ज्वालालाई जापानमा वे’श्यावृत्ति गरेको जस्तो तल्लोस्तरको र आपत्तिजनक आरोप सार्वजनिक रुपमै लगाइदिए ।

प्रसाईंले त्यसबेला ज्वालाको नाम त लिएनन्। तर उनीसँगकै सन्दर्भ जोड्दै ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ को संज्ञा दिएका थिए । यही प्रकरणमा ज्वालाको उजुरीपछि प्रसाईं अनुसन्धानमा तानिएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ०० बजे

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब