खुस्माले कमायो साढे २ करोड, उपासना भन्छिन्- ‘खुस्मा २’को माग आयो « Khabarhub

खुस्माले कमायो साढे २ करोड, उपासना भन्छिन्- ‘खुस्मा २’को माग आयो


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरको शीर्ष भूमिका रहेको प्रदर्शनरत फिल्म ‘खुस्मा’ले सुरुवाती तीन दिनमा सुखद व्यापार गरेको छ ।

वितरक गोविन्द शाहीको दाबी अनुसार फिल्मले बिहीबार, शुक्रबार र शनिबारमा दुई करोड ५५ लाखको ग्रस कलेक्सन गरेको हो ।

फिल्मका निर्देशक अशोक थापा मगरका अनुसार प्रदर्शनको दोस्रो दिन फिल्मको व्यापारमा कमी आए पनि तेस्रो दिन शनिबार उत्साहजनक छ ।

निर्देशक मगरका अनुसार बिहीबार ८५ लाख, शुक्रबार ७० लाख र शनिबार १ करोडको व्यापार भएको छ ।

निर्माण पक्षको दाबीअनुसार काठमाडौंमा भन्दा मोफसलमा फिल्मको व्यापार राम्रो छ । फिल्मले तेस्रो दिन शनिबार बिहान ५० प्रतिशत अकुपेन्सीका पाएको थियो । १२ बजेपछि भने ८० प्रतिशतसम्मको अकुपेन्सी पाएको थियो ।

फिल्मका शीर्ष कलाकार काठमाडौंका केही हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन् । नायक धिरज मगर भने दर्शकबाट आएको प्रतिक्रियाबाट खुसी छन् ।

‘फिल्मको व्यापार राम्रो छ, त्यसमा म खुसी छु । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

त्यस्तै नायिका उपासनाले भने फिल्मले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको बताउँछिन् । भन्छिन्, ‘अधिकांश दर्शकले फिल्म हेरेर रोएको प्रतिक्रिया दिनुभएको छ । हामीले फिल्ममार्फत देखाउनको खोजेको विषय वस्तु दर्शकले रुचाइदिनु भएकाले धेरै खुसी लागेको छ ।’

केही दर्शकले सिक्वेलसमेत माग गरेको उपासनाको दाबी छ । भन्छिन्, ‘कतिले दर्शकले फिल्मको सिक्वेल चाहिन्छ भन्नुभएको छ । यो नै हाम्रो फिल्मको सबैभन्दा ठूलो सफलता हो भन्ने लाग्छ ।’

यस फिल्मले जनयुद्धकालमा मगर समुदायका युवा-युवातीको प्रेम कथा उठान गरेको छ ।

यसको कथा र पटकथा निर्देशक निर्देशक मगर आफैँले लेखेका हुन् । यो उनको डेब्यू निर्देशन हो । केही डकुमेन्ट्री निर्देशन गरेको अनुभवले उनले ठूलो पर्दामा हात हालेका हुन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर हुन् ।

फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचालगायतको अभिनयर रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : १९ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा