संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी अनुचित : सभामुख « Khabarhub

संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी अनुचित : सभामुख


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका छन् ।

संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ वर्ष पुरा भएको अवस्थामा यसलाई थप स्थायित्व दिन संशोधन जरुरी रहेको भन्दै यस विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका हुन् ।

उनले सबैको सहमति र सहकार्यका साथै समझदारीका साथ संविधान संशोधनको निकास निकाल्नुपर्ने धारणा राखे ।

संविधान संशोधनको विषय सरकारको नभई संसदले प्रक्रिया मिलाएर टुङ्गो लगाउने विषय भएको उनको भनाइ छ ।

उनले संविधान संशोधनको पक्ष–विपक्षमा नाराबाजी हुनु दुखद कुरा भएको उल्लेख गरे  ।

सभामुख घिमिरेले संविधान कार्यान्वयनका क्रममा जनताले भोगेका अनुभवलाई लिएर संशोधन गर्नुपर्ने भन्दै यसलाई हार वा जितको विषय बनाउन नहुने बताए  ।

उनले संविधान कार्यान्वयनका क्रममा पर्याप्त ध्यान दिन नसकेको र पर्याप्त ऐन बनाउन नसकिएको जिकिर गरे  । जसका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया