फिल्म ‘एक्टर : टेक वान’ : एक साथ प्रदीपकेन्द्रित ३ पोस्टर सार्वजनिक « Khabarhub

फिल्म ‘एक्टर : टेक वान’ : एक साथ प्रदीपकेन्द्रित ३ पोस्टर सार्वजनिक


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक राजबल्लभ कोइरालाको कमब्याकका रुपमा चर्चा बटुलेको फिल्म ‘एक्टर : टेक वान’को तीन औपचारिक पोस्टर सार्वजनिक भएका छन् ।

निर्माण पक्षले आइतबार फिल्मका तीन शीर्ष कलाकार नायक प्रदीप खड्का, अभिनेतृद्वय आना शर्मा र दिव्या रायमाझी फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

एक पोस्टरमा आना र दिव्याबीचमा प्रदीपलाई राखिएको छ । दुवै नायिकाले प्रदीपको कान तानिरहेको देख्न सकिन्छ ।

अरु दुई पोस्टरमा प्रदीप, आना र दिव्यासँग प्रेम भावमा प्रस्तुत भएका छन् । यसबाट फिल्ममा त्रिकोणात्मक प्रेम सम्बन्धको कथा रहेको अनुमान गर्न सकिन्छ ।

निर्माता थमनकुमार भण्डारीका अनुसार फिल्म प्रचारका लागि यिनै तीन पोस्टर प्रयोग हुनेछ । यी पोस्टर रोलय भिमसेन र उनको टीम ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो ।

कात्तिक १५ अर्थात् लक्ष्मी पूजाबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रदीप, राजबल्लभ, आना, दिव्यासहित दिव्य देव, उषा रजक, सुशील सिटौलालागयतको अभिनय छ ।

अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति रहने यसका निर्देशक राज भुसाल हुन् । स्क्रिप्ट आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : २६ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा