सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ « Khabarhub

सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संविधान सभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धिहरूलाई कुनै असर नपर्ने गरी संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रूपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे ।

उनले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति लगायतका विषयमा सहमति कायम गर्नै पर्ने जिकिर गरे  ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको