रविलाई संकट आउँदै गर्दा स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा « Khabarhub

रविलाई संकट आउँदै गर्दा स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुँदै गर्दा १४ जना शीर्ष नेता भने यतिबेला चीन भ्रमणमा छन् ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई जरुरी पक्राउ पुर्जी जारी भइसकेको छ । त्यसअघि नै रास्वपाका १४ जना नेताहरू चीन पुगिसकेका छन् ।

सभापतिको पक्राउबारे सूचना आइरहँदा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका १४ जना शनिबार चीन पुगेका हुन ।

वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली शनिबार मध्यराति पौने १२ बजे चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौ गएको हो ।

चीन जानेहरूमा पार्टी प्रवक्ता मनिष झा, पार्टीकी कोषाध्यक्ष लीमा अधिकारी, सांसद शिशिर, खनाल, गणेश पराजुली, अशीम शाह, शिव नेपाली, डा. तोसिमा कार्की चीन यात्रामा छन् ।

त्यसैगरी केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ पनि चीन यात्रामा छन् ।

उपसभापति वाग्ले पनि लामिछानेका भरोसा हुन । उनी पनि नभएको बेला रविलाई संकट परेको छ । मनिस झा पार्टी प्रवक्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण थियो । यस्तै सहकारी प्रकरणमा छानबिन समिति सदस्य शिशिर खनाल पनि चीन हुनाले रास्वपालाई सकस परेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ३३ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक